भूकम्पबाट प्रभावित जनतालाई साथ दिन राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण रद्द

काठमाडौं । जाजरकोट जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट जनधनको ठूलो नोक्सानी भएर राष्ट्रिय विपत परेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।

विपतका बेला जनताको साथमा रहन राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका हुन् । बरु युरोप भ्रमणमा नगएर राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनामा भइरहेका प्रयासबारे स्थलगत जानकारी लिन जाजरकोट र रुकुम पश्चिम जान लागेका छन् ।

पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने कार्यक्रम थियो ।

त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

Published : Monday, 2023 November 6, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया