डोल्पाका गुरुङ सरस्वतीनगरबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोट र फोटोकपी मेसिनसहित डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई काठमाडौंमा पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका–६ महांकाल डेरा गरी बस्ने गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।

Published : Monday, 2023 November 6, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया