रास्वपाकी सांसद तथा उप–सभामुख रानाले जाजरकोटमा रमिता देखाइन्, भत्किएका घरमा मोडलिङ

काठमाडौं । प्रतिनिधिसभाकी उप–सभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद ईन्दिरा राना मगरले भूकम्प प्रभावित क्षेत्र जाजरकाेटमा गएर फोटो सेसन गरेकी छिन् ।
रानाले आइतबार राति सामाजिक सञ्जालमा ती तस्बिरहरू राखेकी छिन् । उनले भूकम्पबाट भत्किएका घरहरूमा एक्लै उभिएर तस्बिर खिचाएकी छिन् ।
कुनै ठाउँमा आफ्नो सुरक्षाअंग (पीएसओ)लाई पनि साथमा राखेर तस्बिर खिचाएकी छिन् । उनले भूकम्पबाट तनाबमा परेका बालबालिकालाई साथमा राखे हाँसेर तस्बिर खिचाएकी छिन् ।
भूकम्पबाट १ सयभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ । करोडौंको क्षति भएको छ । देश शोकमा छ ।
तर, रास्वपाकी सांसद समेत रहेकी उप–सभामुख रानाले रमाइलो गर्न आफूलाई भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको जस्तो उनले राखेका तस्बिरहरूले देखाएका छन् । रानाले भूकम्पपीडित र भूकम्पबाट भत्किएका घरहरूलाई मजाक बनाएकी छिन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया