सिन्धुपाल्चोकबाट मोहन बस्नेतद्वारा नगदको ठूलो घोषणा, प्रभावित जिल्लामा ६ वटा बस पनि पठाइदिए

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकबाट भूकम्प प्रभावितहरूको सहयोगका लागि ३५ लाख रुपियाँको व्यवस्थापन गरेका छन् ।

मन्त्री बस्नेतले जाजरकोट र रुकुम पश्चिममा प्रभावितहरूलाई यातायातमा सहयोग होस् भनेर नि:शुल्क सेवाका लागि ६ वटा बस पनि पठाउने भएका छन् ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको चराइरहेको घाउमा मलम लगाउन मन्त्री बस्नेतको व्यक्तिगत पहलमा आर्थिक सहयोग र बसहरूको व्यवस्थापन गरिएको छ ।

भूकम्पपीडित उद्दार तथा राहत कोषमा जम्मा हुने गरि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट रू. १५ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाबाट रू. १० लाख र भोटेकोशी गाउँपालिकाबाट रू. १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ ।

अरनिको यातायात व्यवसायी समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूका आफन्तहरूलाई घटनास्थल पुग्नको लागि ३/३ गरि जम्मा ६ वटा बस व्यवस्थापन गरिएको छ ।

२०७२ सालको भूकम्प र कोरोना महामारीका बेला पनि कांग्रेस नेता तथा मन्त्री बस्नेत निकै सहयोगहरू गरेका थिए ।

Published : Saturday, 2023 November 4, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया