भूकम्प प्रभावितका लागि सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष लामाद्वारा एक लाख प्रदान

काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाले भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि एक लाख रुपियाँ नगद प्रदान गरेका छन् ।

शनिबार अध्यक्ष लामाले नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई तरुण दलको कार्यालय कालीमाटीमा भेट गरेर व्यक्तिगततर्फबाट एक लाख रुपियाँ उपलब्ध गराएका हुन् ।

तरुण दलले भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न कोष स्थापना गरेको छ । तरुण दलले स्थापना गरेको कोषमा धमाधम रकम संकलन हुन थालेको छ ।

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्पपीडितलाई तरुण दलले एकमुष्ट राहतको रकम उपलब्ध गराउनेछ ।

Published : Saturday, 2023 November 4, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया