भूकम्प प्रभावित जिल्लाहरूमा उद्धारमा खटिन तरुण दलको अनुरोध, अध्यक्ष गुरुङ मर्माहत

काठमाडौं । नेपाल तरुण दलले आफ्ना सम्पूर्ण साथीहरूलाई भूकम्प प्रभावित जिल्लाहरूमो उद्धार र मानवीय सेवामा खटिन अनुरोध गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष विद्वान गुरुङले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट भएको जनधनको ठूलो क्षतिप्रति दु:ख व्यक्त गरेका हुन् । उनले प्राकृतिक प्रकोपको विकासकारी एवम् दर्दनाक घटनाले तरुण दल अत्यन्तै मर्माहत भएको बताएका छन् ।

अध्यक्ष गुरुङले भूकम्पबाट संकटमा परेका आम नागरिकको उद्धार र अन्य मावनीय सेवा तथा सहयोगको कार्यमा लाग्न आग्रह गरेका छन् ।

Published : Saturday, 2023 November 4, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया