तिलोत्तमाले भूकम्प प्रभावित जिल्लामा नगरप्रमुखको गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी पठायो, दश लाख पनि दिने

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकुम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा उद्धार, राहत र पुनस्र्थापनाका लागि ५/५ लाखका दरले १० लाख रुपियाँ उपल्ब्ध गराउने निर्णय गरेको छ ।

शनिबार तिलोत्तमामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमलाई नगरप्रमुख रामकृष्ण खाणले प्रयोग गर्ने बा एए ०९६० नम्बरको स्कार्पियो गाडी उद्दारका लागि पठाने निर्णय भएको प्रेस नोटमा उल्लेख छ ।

नगरप्रमुख खाणले अत्यावश्यक औषधि र ५ जना स्वास्थ्यकर्मीसहितको टोली र एउटा एम्बुलेन्स पनि भूकुम्प प्रभावित क्षेत्रमा पठाउन लागेको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका नगरप्रमुख खाणले विपतका बेला जाजरकोट र रुकुम पश्चिमका जनतालाई उद्धार र सयहयोगको आवश्यक्ता रहेको बताएका छन् ।

Published : Saturday, 2023 November 4, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया