जाजरकोट र रुकुम पश्चिममा भुइँचालोमा १२९ जनाको मृत्यु, रेस्क्यु टिम परिचालन

काठमाडौं । जाजरकोटको रामीडाँडामा केन्द्रविन्दु भएर गएको भुइँचालोमा परेर १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोट जिल्लामा ९२ र रुकुम पश्चिममा ३७ जनाको भुइँचालोमा परेर मृत्यु भएको छ ।

भुइँचालोमा परेर १४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

प्रहरीले उद्दारका लागि जाजरकोटमा ४५० जना प्रहरी परिचालन भएका छन् । रुकुम पश्चिममा ३२० जना प्रहरी उद्धारमा परिचालन भएका छन् ।

डीआईजी डा.गोपेश ठाकुरको कमाण्डमा प्रहरीको ११ जनाको मेडिकल टोली र आर्मीको लेफ्टिनेन्टको कमाण्डमा ११ जनाको रेस्क्यु टिम आर्मीको एमआई १७ हेलिकप्टरबाट बिहान पौने आठ बजे जाजरकोटतर्फ उडेको छ ।

Published : Saturday, 2023 November 4, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया