भुइँचालोमा परेर कांग्रेस नेतृ सिंहको निधन

काठमाडौं । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उप–मेयर सरिता सिंहको मृत्यु भएको छ ।
शुक्रबार रातिको भूकम्पमा परेर सिंहको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । सिंह नेपाली कांग्रेसकी नेतृ हुन् । उनी कांग्रेसबाट उप–मेयरमा निर्वाचित भएकी थिइन् ।
सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा सिंहको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) किशोर श्रेष्ठले बताए ।
सिंहलाई घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर मृत्यु भएको छ ।
नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उप–मेयरमा निर्वाचित भएकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया