गुटेरेसको व्यक्तित्व र नेपाल भ्रमण

किरण गिरी

राष्ट्रसंघका महासचिव एन्टोनियो मेनुएल द ओलिभिएरा गुटेरेस यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । कार्तिक १४ गते उहाँले हाम्रो संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्दै हुनुहुन्छ । उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलाका सभापति, अध्यक्ष र नेताहरूसंग भेटघाट र छलफल गरिसक्नु भएको छ । (१९४९) पोर्चुगलको ३० वर्षको रेकर्डमा अत्यन्त सफल र लोकप्रिय पूर्वप्रधानमन्त्री (१९९५–२००२), राजनीतिज्ञ तथा कुटनीतिज्ञ समेत हुन् गुटेरेस ।

आफ्नो देशमा उनी पोर्चुगिज सोसलिस्ट पार्टीका नेता हुन् । पोर्चुगललाई युरोपेली संघको सदस्य बनाउने कार्यमा उनको निर्णायक भूमिका रहेको छ ।

क्याथोलिक क्रिस्टियन धर्मावलम्बी उनी एकदशक (२००५–२०१५)सम्म शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त र सोशलिस्ट इन्टरनेशनलका अध्यक्ष (१९९९–२००५) पनि भइसकेका व्यक्ति हुन् । अघिल्ली पत्नी लुइसाको ५१ वर्षमा क्यान्सरबाट निधन (१९९८) भएपछि यिनले हालकी क्याटरिना (१९६०) सँग २००१ मा बिहे गरे ।

करिब एक करोड ३० लाख जनसंख्या भएको युरोपको सुदूरपश्चिमवर्ति मुलुक पोर्चुगाल विश्वमा उपनिवेश बनाउँदै हिंड्नमा पहिलो मुलुक हो । प्रतिव्यक्ति आय झन्डै २४ हजार डलर भएको, मानव विकास सूचकांकमा ४० औं उत्तम स्थानमा रहेको यो मुलुक विदेशी ऋण धेरै लिनेमा पर्दछ ।

आन्तरिक अर्थतन्त्र राम्रै मानिन्छ । यन्त्र तथा उपकरण, विद्युत सामग्री, जहाज निर्माण, प्लास्टिक, सेरामिक, खाद्य, फर्निचर, सिमेन्ट, पेट्रोरसायन, माछामार्ने, पर्यटन आदि उद्यम अर्थतन्त्रका आधारस्तम्भ हुन् ।

महासचिव गुटेरस आफ्नो राष्ट्रिय भाषा पोर्चुगिजका अतिरिक्त स्पेनिश, अँग्रेजी र फ्रेन्च भाषा पनि बोल्छन् ।

२०१६ मध्य डिसेम्बरतिर महासचिवको सपथग्रहणका अवसरमा उनले राष्ट्र संघका महत्वपूर्ण प्राथमिकता शान्ति, दिगो विकास र व्यवस्थापनमा प्रकाश पारेका थिए । भ्रमण सफलता को कामनासहित महासचिव गुटेरेसको नेपाल बसाइ सफल र सुखद् रहनेछ ।

उहाँको भ्रमणबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम दलीय सहमति र सर्वोच्च अदालतको आदेश, पीडितहरूको भावना र शान्ति प्रक्रिया को अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूरा हुनेछ भन्ने विश्वास गरिएको छ ।

Published : Tuesday, 2023 October 31, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया