जानकीमा हीरासिंहको हत्या, घरबाटै गणेश पक्राउ

काठमाडौं । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले कैलाली जिल्लाबाट पक्राउ २४ वर्षीय गणेश चौधरीलाई पक्राउ गरेको छ ।

आफ्नै बुवा ४५ वर्षीय हीरासिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने गणेश चौधरीलाई शनिबर राति प्रहरीले पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हीरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेश चौधरीलाई पक्राउ गरेको थियो ।

Published : Sunday, 2023 October 29, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया