धर्मेन्द्रले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर, राप्ती ५ का चौधरीको मृत्यु

भालुबाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले ठक्कर दिँदादिँदा दाङको राप्ती गाउँपालिका वडा नं. ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको छ ।

चौधरीको मृत्यु भएपछि बास्तोलालाई सवारी ज्यान मुद्दाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।

कात्तिक २ गते राति पौने १० बजे पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बास्तोला दशैं मनाउन सुर्खेत जान लागेका थिए । घटनालगतै प्रहरीले नेता बास्तोलालाई नियन्त्रणमा लिएको थियो ।

Published : Friday, 2023 October 27, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया