भुटानी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित भुटानी नागरिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको ९ हजार ५ सय अमेरिकी डलर र ८ हजार भारतीय रुपियाँसहित भुटानी नागरिक ६५ वर्षीया यशी चोडेनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ड्रुक एयरको उडानद्वारा काठमाडौंबाट पारो जान लागेकी चोडेनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको विदेशी मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया