दश नेपालीको हत्याको शोक मनाउन तरुण दलद्वारा दीप प्रज्वलन

काठमाडौं । इजरायलमा हमास आतंकवादीद्वारा १० नेपालीहरूको हत्या भएको विरोध र शोकमा नेपाल तरुण दलले दीप प्रज्वलन गरेको छ ।
मंगलबार काठमाडौंको शान्तिबाटिकामा तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका तरुणले दीप जलाएर शोक मनाएका हुन् । उनीहरूले हामसको आतंकवादी हमलाको पनि विरोध गरेका छन् ।
अध्यक्ष गुरुङले ईजरायलबाट नेपालीहरूको उद्दार गर्न माग गरेका छन् । उनले घाइतेहरूको उपचारको पनि माग गरेका छन् ।
Published : Wednesday, 2023 October 11, 12:09 am
फेसबुकबाट तपाईको प्रतिक्रिया