काठमाडौंबाट प्रहरीको फोन आएपछि कांग्रेस नेता भरतप्रसाद चौलागाइँ सम्पर्क बिहीन

काठमाडौं । नेपाली कांग्रेसको नेता हुँ भनेर गैरकानूनी गतिविधि गरेको आरोप लागेका भरतप्रसाद चौलागाइँ सम्पर्क बिहीन भएका छन् ।

चौलागाइँविरुद्ध काठमाडौं प्रहरीमा उजुरी परेको छ । उजुरी परेपछि चौलागाइँलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले तीन पटक फोन गरेर बोलाएको छ । चौलागाइँले टेरेका छैनन् । चौलागाइँले प्रहरीलाई नटेरेर भागेर हिँडेको महाराजगञ्ज प्रहरीले जनाएको छ ।

रामेछाप जिल्लाको सुनपाती गाउँपालिका स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका ५१ वर्षीय चौलागाइँले सर्वोच्च अदालत, प्रहरी, प्रशासन लगायतमा ठाउँमा पहुँच छ भनेर सर्वसाधारणलाई ठगी गर्दै आएको आरोप छ ।

सर्वोच्च अदालतमा अहिले पनि बहाल रहेका तीन जना न्यायाधीशहरू र एक जना पूर्व प्रधानन्यायाधीशसँग निकै राम्रोसम्बन्ध छ, मुद्दा जिताइदिन्छु भनेर बिचौलियाको कार्य गरेर अबैध असुली गरेको आरोप कांग्रेस नेता चौलागाइँलाई लागेको छ ।

चौलागाइँले नेपाली कांग्रेसका नेताहरूको शक्तिको आडमा प्रहरीलाई ठेगान लगाउँछु भनेर भन्ने गरेको आरोप छ ।

आरोप र उजुरीका विषयमा प्रतिक्रिया लिन चौलागाइँसँग ९८५…६८ नम्बरको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

चौलागाइँलाई पक्राउ गर्न महाराजगञ्ज प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । भागेर हिँडेका चौलागाइँलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2023 October 3, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया