कांग्रेसभित्र निच हर्कत गर्ने सभापति गुरुङलाई कारबाही, गलत गर्दा तोरिको फूल देखे

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रही भएर गलत आरोप लगाएर विवादमा परेका फिदिम नगर कार्यसमितिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा गुरुङलाई तीन वर्षसम्मका लागि पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरेको उल्लेख छ ।

गुरुङले जिल्ला सह–सचिव सन्तोष श्रेष्ठसँग २०७४ सालको स्थानीय तह निर्वाचनपूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते बाहिरिएपछि कांग्रेसको जिल्ला कार्यसमिति बैठकले दुवै जनालाई स्पष्टीकरण मागेको थियो ।

अडियो संवादमा फिदिम नगरपालिकामा मेयर पदको टिकट लिन डा.आरजु राणासँग २ करोड लेनदेन भएको आशय प्रकट गरिएको थियो ।

स्थानीय तह निर्वाचनमा गुरुङ स्वयम् मेयरका आकांक्षी रहेकाले टिकट नपाएपछि पूर्वाग्रही भएर बदनियतपूर्वक अडियो/भिडियो रेकर्ड गरेर बेसिजनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कांग्रेस नेताहरूको भनाइ छ ।

पार्टी नेतृत्वको बदनाम हुने गरी सार्वजनिक गरिएको अडियो प्रकरणमा गुरुङले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुन: जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा गरेको सिफारिसबमोजिम गुरुङलाई कारबाही गरिएको पत्रमा उल्लेख छ ।

अडियो प्रकरणमा स्पष्टीकरण मागिएका जिल्ला सह–सचिव सन्तोष श्रेष्ठले भने आत्मालोचनासहित पुन: गल्ती नदोहार्‍याउने प्रतिबद्वता गरेपछि उनीमाथि कारबाही भएन ।

निलम्बित नगर सभापति गुरुङले पार्टीले गरेको कारबाहीबाट आफू विचलित नहुने बताएका छन् ।

Published : Saturday, 2023 September 30, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया