दाङमा बालिकालाई जबरजस्ती करणी गर्ने टेकबहादुर पक्राउ

काठमाडौं । दाङमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले टेकबहादुर बिकलाई पक्राउ गरेको छ ।

घोराही उप–महानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । बिकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेका थिए ।

पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 September 27, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया