मुख्यमन्त्री चौधरी र राजदूत फेनबीच देउखुरीमा भेटवार्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेट गरेका छन् ।

दाङको देउखुरीस्थित मुख्यमन्त्रीको कार्यालयमा चौधरी र फेनबीच भेटवार्ता भएको हो । भेटमा बेलायती सहयता निकायको विकास निर्देशक पिपा बर्ड पनि रहेका थिए ।

भेटवार्तामा प्रदेशलाई संस्थागत र ब्यवस्थित बनाउनका लागि बेलायत सरकारले गर्न सक्ने सहयोग र सहकार्य, प्रदेश सरकारले शुरु गरेको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभाबकारी बनाउन आर्थिक तथा प्राबिधिक सहयोग, प्रदेशको दोस्रो आवधिक योजना निर्माणमा सहयोगका विषयमा छलफल भएको छ ।

संस्कृति, पर्यटन विकास, ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रबर्द्धन, पोषण र स्वास्थ्य र शिक्षा, लैङगिक समानता तथा सामाजिक समाबेसीकरण, शुसाशन र शसकीय प्रणाली सुधारका विषयमा पनि मुख्यमन्त्री चौधरी र राजदूत फेनबीच कुराकानी भएको छ ।

Published : Friday, 2023 September 22, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया