सभापति देउवाद्वारा आठ जना नेताहरूलाई मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।

बिहीबार सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यहरू मोनयन गरेका हुन् ।

मनोनयन हुनेहरूमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।

चन्द्र भण्डारी उप–सभापति पदमा पराजित भएका थिए । नेता शेखर कोइराला निकटका भण्डारीलाई देउवाले न्याय गरेका छन् ।

Published : Thursday, 2023 September 21, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया