राज्यबाट सुविधा लिएर पत्रकार-कर्मचारीलाई तलब नदिने कान्तिपुरको भण्डाफोर

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्देव जैशीले कान्तिपुर मिडिया ग्रुपको हर्कतको भण्डाफोर गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका मालिक तथा अध्यक्ष कैलाश सिरोहियाले सोमबार आफ्ना छोरा सम्भव सिरोहियालाई प्रबन्ध निर्देशकमा नियुक्त गरेका थिए ।

प्रबन्ध निर्देशकमा नियुक्त हुने वित्तिकै सम्भव सिरोहियाले ६० प्रतिशत पत्रकार कटौती गर्ने योजना सुनाएको अध्यक्ष जैशीले बताएका छन् । सम्भव सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, कान्तिपुर टिभीबाट ६० प्रतिशत पत्रकार कटौतीको घोषणा गरेको आरोप जैशीले लगाएका छन् ।

जैशीले भनेका छन्, ‘कान्तिपुरका साहु कैलाश सिरोहियाले छोरा सम्भव सिरोहियालाई कान्तिपुर मिडिया ग्रुप हस्तान्तरण गरेकै दिन संयुक्त बैठक डाकेर छोरा सम्भवले ६० प्रतिशत पत्रकार (कान्तिपुर, द कान्ठमाण्डू पोष्ट र टिभी) कटौती गर्ने निर्णय आइतबार पत्रकारहरूलाई बोलाएर सुनाए ।’

‘दु:खको कुरा प्रधान सम्पादकदेखि अन्य वरिष्ठ साथीहरू चुँसम्म बोल्न सकेनन्’, जैशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले आन्दोलन नेतृत्व गर्दा सार्वजनिक सूचना निकालेर कुनै पत्रकार निकाल्ने नीति नभएको र कानून विपरित कसैलाई निष्काशन नगर्ने प्रतिवद्धता आफै उल्लघंन गर्‍यो कान्तिपुरले ।’

उनले भने, ‘हामी सरोकारवालाहरूको दबाबले आज असारको तलब हालेपनि साउन र भदौ महिनाको तलब दशैं अघि दिन नसक्ने संकेत नयाँ जिम्मेवारी पाएसँगै सम्भव सिरोहियाले हिजै दिइसके ।’

‘साथीहरू ! अब सबै श्रमजीवीहरू (पत्रकार, कर्मचारी र श्रमिक) एकतावद्ध भएर लडौं । अब कान्तिपुरले तपाईको दशकौं समय उपयोग गरेर गलहत्याउन खोजेपछि त्यो लोगोको एकहोरो माया (मोह) छोडिदिम । अब एकीकृत र साझा आन्दोलन थालौं, जहाँ कुनै दल या शक्तिकेन्द्रको प्रभाव नहोस् र आन्दोलनबाट सम्पूर्ण न्याय प्राप्त होस् ।’

कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई अध्यक्ष जैशीले ‘नकमा दम’ गरेर राखेका छन् । लामो समयदेखि कान्तिपुरका मालिक कैलाश सिरोहियाले पत्रकार र कर्मचारीहरूलाई तलब दिएका छैनन् । राज्यबाट अनेकौँ छुट लिएर कैलाश सिरोहिया आफूले अकुत कमाइ गरेका छन् । तर, पत्रकार र कर्मचारीलाई समयमा तलब नदिएर दु:ख दिएको आरोप अध्यक्ष जैशीले लगाउँदै आएका छन् ।

कैलाश सिरोहियाले कान्तिपुर मिडिया ग्रुप चलाएर भित्रभित्रै अनेक व्यापार गर्दै आएका छन् । राज्यका निकायले डराएर कैलाश सिरोहियामाथि हात हाल्न सकेको छैन ।

Published : Tuesday, 2023 September 19, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया