एन्टीबायोटिक औषधिहरू प्रयोग नगर्न निर्देशन

काठमाडौं । सरकारले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टीबायोटिक औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । एक सय तीनमध्ये १३ प्रकारका एन्टीबायोटिक औषधि दर्ता गरिएका छैनन् ।

विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप एन्टीबायोटिकबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।

एन्टीबायोटिक औषधिलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिइएको छ ।

Published : Monday, 2023 September 18, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया