हिन्दुको विरोध गर्ने बाबुराम–मानुषीको नयाँ अवतार, कर्नाटकमा बुद्धि फर्कियो

काठमाडौं । कथित जनयुद्धका बेला हिन्दुको मन्दिर भत्काउने, भगवानका मूर्तिमा पिसाब फेर्न लगाउने लगायतका कु–कृत्य गरेर अपराध गरेका बाबुराम भट्टराईले अहिले आएर हिन्दु धर्मप्रति आस्था देखाउन थालेका छन् ।

करीव १७ हजार मानिस मारेर सत्ता र शक्तिमा आएका बाबुरामले सधैँ हिन्दु धर्मको विरोध गर्दै आएका थिए । कथित जनयुद्धका नाममा हिन्दु धर्मप्रति मानमर्दन गर्ने, क्रिश्चियनलाई बढावा दिने, हिन्दुको मन्दिर भत्काएर चर्च बनाउने जस्ता कार्य बाबुराम र उनको हतियारधारी ग्याङले गरेको थियो ।

बाबुरामले पछिल्लो समय माओवादी पार्टी पनि छाडेर विभिन्न दलहरू बनाएका थिए । बाबुराम जुन दलमा गयो त्यो दलभित्र भाँडभैलो मच्चाएर बाहिरिने गरेका छन् ।

हिन्दु धर्मको सधैँ विरोध गर्दै आएका बाबुरामले आफ्नी छोरी मानुषीसँग भदौ ३० गते भारतमा हिन्दु परम्पराअनुसार समिप मन्दिरमा पूजा गरेका छन् । मन्दिर प्रवेश गरेर पूजा गर्दा बाबुराम र मानुषीले हिन्दुसम्बन्धी पहिरन लगाएका छन् ।

भारतको कर्नाटकस्थित मन्दिर प्रवेश द्वार समीपमा बाबुराम र मानुषी तथा उनका परिवारका सदस्यहरूले विक्रम संवत २०८० को भदौ ३० गते अर्थात सेप्टेम्बर १६ मा पूजा गरेका छन् ।

नेपालमा रहेका मठमन्दिर नजाने, पशुपतिनाथको मन्दिर नटेक्ने बाबुराम र उनकी छोरी मानुषीले भारतको हिन्दुको मन्दिरमा पूजा गरेका छन् । बाबुराम र मानुषीको बल्ल बुद्धि फर्किएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।

Published : Sunday, 2023 September 17, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया