प्रहरी हेडक्वाटरभित्र महिला प्रहरीहरू नाँचे

काठमाडौं । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८० को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला प्रहरी कर्मचारीहरू एवं नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयभित्र कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2023 September 15, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया