डेभिडको दुई गोलले इटालीसँग युक्रेन पराजित

लण्डन । इटालीका डेभिडे फ्राटेसीको दुई गोलको मद्दतले युक्रेनमाथि जीत हासिल गरेको छ । इटालीले सन् २०२४ को युरोमा छनोट हुने सम्भावना कायम राखेको छ ।
यसअघि नर्थ म्यासेडोनियासँग १–१ को बराबरी खेलेपछि साबिक विजेता इटाली समूह सीको तेस्रो स्थानमा खस्किएको थियो । मंगलबारको खेलमा भने फ्राटेसीले १२औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाए ।
२९औँ मिनेटमा उनले इटालीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर आन्द्रिये यार्मालेङ्कोले युक्रेनका लागि एक गोल फर्काए पनि त्यो पुनरागमनका लागि काफी भएन ।
समूह सीमा इटाली, युक्रेन र नर्थ म्यासेडोनियाँको समान ७–७ अंक रहेको छ । इटालीले एक खेल कम खेलेको छ । इंग्ल्याण्ड १३ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अङ्कविहीन माल्टा पुछारमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया