समानुपातिक प्रदेश सांसदको निधन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको लामो समयदेखि उपचार चलिरहेको थियो ।
सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन् ।
Published : Tuesday, 2023 September 12, 12:12 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया