‘गदर २’ ले ‘बाहुबली २’ को रेकर्ड भत्कायो

मुम्बई । बलिउड अभिनेता सन्नी देओलको ‘गदर २’ ले भारतीय बक्स अफिसको कमाइमा उथलपुथल ल्याइदिएको छ ।
प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि ‘गदर २’ ले रेकर्ड बनाएको छ । कमाइको हिसाबले गदर २ ले धेरैलाई पछि छाडेको छ ।
‘गदर २’ ले एसएस राजामौलीको ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ । कमाइसँगै ‘गदर २’ भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । बक्स अफिसमा अक्षय कुमार र पंकज त्रिपाठीको ‘ओएमजी २’ र आयुष्मान खुरानाको ‘ड्रिम गर्ल २’ पनि छन् ।
‘गदर २’ र ‘जवान’जस्ता ठूला सुनामी ल्याएका दुई फिल्मको बीचमा ‘ओएमजी २’ हराएको छ । ‘ड्रिम गर्ल २’ कुनै न कुनै रूपमा चलिरहेको छ ।
सन्नी देओल र अमीषा पटेलको शीर्ष भूमिका रहेको फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा प्रदर्शनको ३० दिन पूरा गरेको छ । यो अवधिमा गदर २ ले बाहुबलीको रेकर्ड तोडेको छ ।
गदर २ ले ३० दिनमा ५१२.३५ करोड भारु कमाएको छ । प्रभासको ‘बाहुबली २’ ले ५१०.९९ करोड ग्रस कलेक्सन गरेको थियो । सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ फिल्ममा तमन्ना, नस्सर, सत्यराज, राम्या कृष्णन र राना दग्गुबतीको अभियन थियो ।
‘गदर २’ को नजर शाहरुख खानको ‘पठान’मा छ । जसले देशव्यापी रुपमा ५२४.६२ करोड भारु कमाएको थियो । ड्रिमगर्ल २ ले भारतीय बक्स अफिसमा १०० करोड कमाउने तर्खरमा छ । अक्षय कुमार र पंकज त्रिपाठीको फिल्म ‘ओएमजी २’ ले १४९.३७ करोड कमाइसकेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया