भारतसँग दश विकेटले पराजित, नेपाल प्रतिस्पर्धाबाट बाहिरियो

काठमाडौं । नेपाल दश विकेटले भारतसँग पराजित भएको छ । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०।१ ओभरमा भेट्टायो ।

यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

Published : Monday, 2023 September 4, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया