अभिनेत्री निरुता सिंहले मुम्बईमा विवाह गरिन्

काठमाडौं । अभिनेत्री निरूता सिंहले मुम्बईका व्यवसायी सञ्जीभ गुलाटीसँग विवाह गरेकी छिन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निरुताले अगस्ट ३१ मा गुलाटीसँग विवाह गरेको बताएकी छिन् । निरुताले करीव पचास वर्षको उमेरमा विवाह गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो निरूता जी बिहे कहिले गर्ने ? भन्ने प्रश्न । आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ ।’

‘हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु’, उनले भनेकी छिन् । यसका साथै चाँडै नेपाल आउने समेत उनले वाचा गरेकी छन् ।

दार्जलिङमा जन्मेकी निरुताले नेपाली फिल्म क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन् ।

निरुताले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् । दर्पण छाया, सिउँदोको सन्दुर, ठूल्दाइ, नाइँ नभन्नू ल ५ उनका हिट फिल्म हुन् ।

Published : Saturday, 2023 September 2, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया