आयोगका अध्यक्ष अन्सारीद्वारा मन्त्रीद्वय अनिता र राईसँग भेटवार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र सदस्यहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटघाट गरेका छन् ।

सिंहदरबारमा मंगलबार अध्यक्ष अन्सारी नेतृत्वको टोलीले नवनियुक्त मन्त्री अनिता देवीलाई बधाई एवम् शुभकामना समेत दिएको छ ।

आयोगका अध्यक्ष अन्सारी र सदस्यहरूले आयोगले गरिरहेका काम र समसामायिक विषयमा मन्त्रीलाई जानकारी गराएको आयोगले जनाएको छ ।

प्रस्तावित संघीय निजामती ऐनमा मुस्लिम समुदायको जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितताको लागि ध्यानाकर्षण गराइएको छ ।

मन्त्री अनिता देवीले मुस्लिम समुदायप्रति सदैब सहयोग र समन्वयको भूमिका निर्वाह गर्ने जनाएकी छिन् ।

आयोगका अध्यक्ष अन्सारीको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईसंग पनि बिशेष भेटघाट र छलफल गरेको छ ।

मुस्लिम समुदायको मदरसा शिक्षाको ब्यवस्थापन र मुस्लिम बिद्यार्थीले भोगिरहेका समस्याप्रति मन्त्री राईको ध्यानाकर्षण गराइएको छ ।

मन्त्री राई समक्ष नेपाली मुस्लिम विद्यार्थीले एनओसीका लागि भोगिरहेको समस्याको दीर्घकालीन समाधानको अपेक्षा राखिएको अध्यक्ष अन्सारीले बताए ।

मन्त्री राईले मदरसा र मुस्लिम समुदायको शिक्षाको उचित ब्यवस्थापनप्रति आफू सकरात्मक ढंगले लाग्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Published : Wednesday, 2023 August 30, 6:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया