एमालेले नेपालगञ्जमा सत्ता गठबन्धन भत्काइदियो, कांग्रेसलाई ठूलो क्षति

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले–माओवादी केन्द्रको समावेशी प्यानलका टंकबहादुर धामी अध्यक्षमा विजयी भएका छन् ।

एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवार बनेका धामीले अध्यक्षमा जित हात पारेका हुन् । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायत दल निकट प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका ललित रौनियारलाई पराजित भएका छन् ।

अध्यक्षमा विजयी भएका धामीले दुई हजार ४५६ मत ल्याएका छन् । रौनियारले एक हजार ५६६ मत प्राप्त गरेका छन् । अध्यक्षसहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् ।

उद्योग उपाध्यक्षमा समावेशी प्यानलका चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उप–महासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामी निर्वाचित भएका छन् ।

सदस्य पदमा समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समूहका तीन जना विजयी भएका छन् । सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टीकामणि उपाध्याय, बुद्धिबहादुर बिक, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धन साझा प्रजातान्त्रिक समूहका उम्मेदवार हुन् ।

विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टीकामणि उपाध्याय, बुद्धिबहादुर बिक एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

एसोसिएटतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । किशन गुरुङ्ग पनि सदस्यमा विजयी भएका छन् । विनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् ।

एमालेले नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सत्ता गठबन्धन भत्काइदिएको छ । एमालेले रणनैतिक रुपमा माओवादीलाई आफ्नो साथमा लिएर संघको निर्वाचनमा जित हात पार्न सफल भएको छ ।

Published : Monday, 2023 August 21, 2:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया