पूर्वआईजीपी सिंहबारे खण्डन प्रकाशित गरी ३ दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ‘काठमाडौंपाटी’ नामक अनलाइनसंग प्रेस काउन्सिल नेपालले जानकारी माग गरेको बताएका छन् ।

सिंहले भने, ‘काठमाडौंपाटी’ नाम गरेको अनलाइनलाई सम्मानित प्रेस काउन्सिल नेपालबाट समाचारका विषयमा खण्डन प्रकाशित र त्यसबारे जवाफ माग भएको छ ।’

काउन्सिलले काठमाडौंपाटीलाई खण्डन सम्प्रेषण गरेर तीन दिनभित्र जानकारी गराउन निर्देशन दिएको पूर्वआईजीपी सिंहले बताए ।

सो अनलाइनले सिंहलाई सुन प्रकरणमा जोडेर समाचार सम्प्रेषण गरेको थियो । सिंहले समाचारबाट आफ्नो चरित्रहत्या भएको ठहरसहित प्रेस काउन्सिलमा न्यायका लागि गएका थिए ।

Published : Thursday, 2023 August 17, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया