शेखर कोइरालाद्वारा बालकृष्ण खाणसँग जेलमा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट गरेका छन् ।

बुधबार दिउँसो करिब तीन बजे नेता कोइरालाले खाणलाई भेट गरेको स्रोतले जनाएको छ । कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको छ ।

खाण कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । खाणलाई निलम्बन गर्नका लागि कांग्रेसका महामन्त्री गगन थापाको समूह निकै लागेको थियो ।

Published : Wednesday, 2023 August 16, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया