पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटर ५ रुपियाँ बढाएको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ ।

बढेको मूल्य अनुसार पेट्रोलप्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४.५ भएको छ ।

Published : Tuesday, 2023 August 15, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया