प्रहरीका साढे ९ सय ईन्स्पेक्टरहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूको सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले ईन्स्पेक्टरहरूको सरुवाको सूची प्रकाशन गरेको छ । काठमाडौंस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।

प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडाले पाएका छन् । इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ ।

प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।

अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् ।

किरणप्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र चन्द्रकिशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गरिएको छ ।

नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय टोकपुर रामेछापमा मणिराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा बजिरसिंह विष्ट र इलाका प्रहरी कार्यालय लेटाङमा भिमलाल वलीलाई सरुवा गरिएको छ ।

मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा सरुवा गरिएको छ ।

Published : Tuesday, 2023 August 15, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया