नेपाललाई शिक्षा क्षेत्रमा सहयोग गर्ने साउदी अरेबियाको आश्वासन

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरबियाका ईस्लामिक अफेयर्स दावा एण्ड गाइडेन्समन्त्री डा.अब्दुलतिफ विन अब्दुल अजिज अल अलशेखसँग भेटवार्ता गरेका छन् ।

सोमबार साउदी अरेबियाको मक्कामा भएको भेटवार्तामा शान्ति र शिक्षाका विषयमा कुराकानी भएको अध्यक्ष अन्सारीले जनाएका छन् । अध्यक्ष अन्सारीले मुस्लिम मात्रलाई नभइ सबै समुदायका विद्यार्थीलाई छात्रवृत्तिका लागि साउदी अरेबियाका मन्त्रीसँग आग्रह गरेका हुन् ।

उनले भने, ‘साउदी अरेबियाले नेपालको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रीज्यूसँग मैले नेपालको शिक्षाका साथै मुस्लिमसहित सबै विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिका लागि आग्रह गरेको छु ।’

साउदी अरेबियाका मन्त्री डा.अब्दुलतिफले शान्ति र शिक्षा क्षेत्रमा नेपाललाई सहयोग गर्ने आश्वासन दिएको अध्यक्ष अन्सारीले बताएका छन् ।

भेटवार्ताका क्रममा अध्यक्ष अन्सारीले मन्त्री डा.अब्दुलतिफलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मन्त्री डा.अब्दुलतिफले अध्यक्ष अन्सारीको नेपाल भ्रमणको निम्तोलाई स्वीकार गरेका छन् ।

Published : Tuesday, 2023 August 15, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया