गोलभेँडाको मूल्यले काठमाडौं हल्लायो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्य सूची सार्वजनिक गरेको छ ।

नेपाली गोलभेँडा ठूलो प्रतिकिलो न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९५ रुपियाँ तोकिएको छ । दुई दिन यता गोलभेँडाको मूल्य ह्वात्तै बढेको छ । बजारमा गोलभेँडाको माग बढ्नुका साथै आपूर्तिमा कमी भएका कारण मूल्य वृद्धि भएको व्यापारीहरूको भनाइ छ ।

घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपियाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४८, लौका ४०, हरियो फर्सी ६० र घिरौँला २५ कायम भएको छ ।

डल्लेच्याउ प्रतिकेजी ३३० रुपियाँ, गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ६०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १३० रुपियाँ मूल्य कायम भएको छ ।

भिण्डी ४०, न्युरो ७० रुपियाँ, रातो बन्दा प्रतिकेजी ७० रुपियाँ, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

Published : Sunday, 2023 August 6, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया