कांग्रेस कमजोर भएको छैन, ८४-८४ भनेर हामी किन डराइरहेका छौँ : रामहरि खतिवडा

रामहरि खतिवडा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

हाम्रो एउटा परम्परा छ । हामी आफैभित्र चर्का धेरै कुरा गर्छौ । एउटाले अर्कोलाई गाली गर्छौ । गुटलाई बढि प्रश्रय दिन्छौँ । यो पद्धतिलाई कसरी अन्त्य गर्ने ? यो सबैभन्दा महत्वपूर्ण कुरा हो । कसैले महामन्त्रीलाई गाली गर्ला ! पार्टी दह्रो हुँदैन । कसैले सभापतिलाई गाली गर्ला ! पार्टी दह्रो हुँदैन । यो पद्धति हामीले बरु, आज हामीले यहाँबाट लाइभ गर्दै छौँ । म कतिपय कुरामा विमती थिएँ लाइभ गर्ने कुरामा । तर, पार्टीलाई २१औँ शताब्दीको बनाएर सभापतिजी सबैले जुन प्रस्ताव ल्याउनुभयो एउटा प्रजातान्त्रिक पार्टीलाई अरु पार्टीभन्दा अझ अग्रगामी छलाङमा सबै देशभन्दा बाहिर रहेका मान्छेलाई यो पार्टीको के परिस्थिति रहेछ भन्ने बनाउनका लागि तपाईहरूले गरेको प्रयासप्रति धन्यावाद दिन चाहन्छु । कतिपय यस्ता कुराहरू छन् खुलेर गरौँ भने सबै बजारमा छिनछिनमा पुग्ने । नगरौँ भने मन पनि नमान्ने कुराहरू छन् । हामीले एउटाले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौँ । यो परम्परा सबैभन्दा पहिला हामीबाटै अन्त्य हुनुपर्छ भन्ने मेरो आग्रह छ । हामीले पार्टीलाई पहिलो बनाएर अहिले परिस्थिति समानुपातिक र समावेशी पद्धतिको चुनावमा हामी गएका छौँ ।

एउटाको सहारा नलिइकन जित्ने अवस्था छभने जितौँ । सबैभन्दा राम्रो कुरा हो । होइन भने कसैको सहारा लिनुपर्नेछ भने कसैन कसैसँग गठबन्धन गर्नैपर्छ ।

हामीले हिजो पनि कुरा गरियो । गठबन्धनका आधारमा पार्टी आएको छ । गठबन्धनले यो सरकार निर्माण भएको छ । गठबन्धनमा जाने मन्त्रीहरूलाई पनि हाम्रो आग्रह छ । कतिपय मन्त्रीहरू वडामा केन्द्रित हुनुहुन्छ । टोलमा केन्द्रित हुनुहुन्छ । गाउँपालिकामा केन्द्रित हुनुहुन्छ । क्षेत्रमा केन्दित हुनुहुन्छ । जिल्लाभन्दा माथि उठ्ने त धेरै कम भेटेको छु । कमसेकम पार्टीको र देशको मन्त्री भएर इज्जत राख्ने काम गर्दिनु भयो भने हामी सबैको इज्जत कांग्रेसको इज्जत बढ्छ भन्ने मैले विश्वास लिएको छु ।
हामीले चर्चा गर्छौ ८४/८४ भनेर बाहिर व्यापक हल्ला आएको छ । आफै हामी अहिले डराइरहेका छौँ । एउटा उप–निर्वाचनबाट । तनहुँमा हामीले पराजय भोग्यौँ । सत्य हो । केही हामीसँग निराशा पनि उत्पन्न भयो होला ? आफै त्यसको बारेमा बिहानदेखि बेलुकासम्म पार्टीलाई गाली गर्दै हिँड्यौँ भने अब पार्टी दह्रो होला त ? त्यो कुरा हामीले सोँच्नुपर्ने जरुरी छ ।

हामी आफै ८४ मा खत्म भयौं, खत्म भयौं भनेर हामीले प्रचार गर्न थाल्यौँ भने अनि कहाँबाट पार्टी बलियो हुन्छ ? त्यसैले हाम्रो मिशन ८४ होइन । हाम्रो मिशन दुई हजार सयसम्ममा अथवा २१ सयसम्ममा पार्टी पहिलो र प्रिय बनाउँछौँ भनेर हामी एकजुट भएर लागेका छौँ, लाग्ने छौँ प्रण गरौँ कहिल्यै पनि कांग्रेस कमजोर हुने अवस्था छ जस्तो मलाई लाग्दैन ।

तर, हामीले एउटालाई गाली गर्दै हिँड्ने, अर्कोलाई गाली गर्दै हिँड्ने पद्धतिले कांग्रेस कांग्रेस दह्रो भएर रहँदैन । म यो परिस्थितिमा शेखर कोइरालालाई पनि धन्यावाद दिन चाहन्छु । यो चुनाव पछाडि उहाँले संयम राजनीति गरेर पार्टीलाई एकढिक्का बनाएर अझै दह्रो बनाएर गुटका कुरा होइन, पार्टीलाई दह्रो बनाउँछु भनेर एकढिक भएर लाग्नुभएको कुराप्रति म उहाँलाई धन्यावाद र हार्दिक बधाइ दिन्छु ।

हामीले पार्टीलाई कमजोर बनाउने होइन । गुटका कुराले मात्रै पार्टी दह्रो हुँदैन । कहिले काहिँ क्षमता र योग्यता गुटका कारणले पछाडि पर्ने गरेको छ । त्यो कुरालाई सबैमा अनुरोध गर्न चाहन्छु ।

संसदको अवस्था तपाईहरूलाई थाहा छदैछ । संसदमा साभपति यदाकदा जाने, उप–सभापतिहरू दुइटै मन्त्री भइदिने, उपस्थिति कम भइदिने । महामन्त्रीहरू छिनछिनमा आउने देखा पर्ने, प्रतिपक्षले कसरी हल्लाउँछन् संसद देख्नुभएको छ । कसरी चलेको होला । त्यो बारेमा पनि प्रत्येक दिन छलफल गरेर संसदमा जाने पद्धति भयो भने कांग्रेस कांग्रेस अझ त्यहाँ पनि दह्रो भएर प्रस्तुत हुनेछ ।

हामी निर्वाचनपछि २०७० पछाडि फेरि पहिलो पार्टी बनेका छौँ । हामीले गठबन्धनलाई केही समय टिकाउन सकेनौँ । टिकाउन नसकेपछि हामीले सत्तोश्राप गाली गर्‍यौँ आफैभित्र । फेरि गठबन्धनलाई कायम गरेर आज हामीले केही साथीहरूलाई मन्त्रीका रुपमा सातै प्रदेशमा संघमा र प्रदेशमा देख्न पाएका छौँ ।

यो गठबन्धन फेरि दोहोर्‍याएर ल्याएर हाम्रा पार्टीका साथीहरूलाई मन्त्री बनाउन र गाडीमा सयर गर्ने सिर्जना गरेकोमा म सबै केन्द्रीय पदाधिकारी, सभपातिदेखि महामन्त्री सबैलाई हार्दिक बधाइ र धन्यावाद दिन चाहन्छु ।

सभापतिज्यू धेरै कुराहरू आएका छन् । यी सबै कुरा कार्यान्वयन गर्न सकियो भने कांग्रेस स्वर्णयुगमा जानेछ । कांग्रेस असाध्यै राम्रो पार्टी हुनेछ । जनताको बीचमा गएर फेरि पनि पहिलो पार्टी हुन कसैले रोक्न सक्ने छैन भन्ने विश्वास मैले लिएको छु ।

यो प्रतिवेदनमा महामन्त्रीज्यूले प्रस्तुत गरेको प्रतिवेदन केही कुराहरू थप गर्दा झन् राम्रो हुनेछ । हामीले महासमितिको बैठक प्रत्येक १ वर्षमा राख्ने भनेर विधानमा उल्लेख गरेका छौँ । प्रतिवेदनमा यो उल्लेख भएन । जुनजुन जिल्लामा महासमितिको निर्वाचन बाँकी भएको छ ती जिल्लाहरूलाई छिटोभन्दा छिटो महासमितिको मिटिङ सम्पन्न गरेर एक वर्षभित्र महासमितिको मिटिङ राख्ने कुरा थपेर प्रस्तुत गर्दा अझ राम्रो हुने विश्वास मैले लिएको छु । यो काम गर्नको लागि अनुरोध गर्न चाहन्छु ।
यो प्रतिवेदनमा भदौ २४ गते वीपी जन्मजयन्तीको उपलक्ष्यमा त्यसै दिन आत्महत्या दिवस पनि रहेछ । त्यसलाई वीपी जन्मजयन्तीको रुपमा मात्रै मनाउँदा अझ राम्रो हुनेछ ।

स्व.कृष्णप्रसाद भट्टराईको जन्मदिन पुस ८ गते त्यो कुरा उल्लेख गरिएको छ । आत्महत्या दुरुत्साहन दिन भनेर । त्यस दिन नगर्दा हुन्छ भर्दा २४ गते । किशुनजीको नाम छुटेको छ जन्म जयन्तीकोमा पुस ८ गते त्यो कार्यक्रम तय गरियोस् । त्यो सँगसँगै योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, बलबहादुर राई जस्ताको नाम आउँदा उहाँहरूको स्मृति दिवसको रुपमा राख्ने परम्परा भयो भने अझ राम्रो हुने विश्वास लिएको छु ।

हामीले वर्षदिनपछि हामीले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आरम्भ गरेका छौँ । यसले हामी सबैलाई आफ्ना गाउँठाउँ भएका कुराहरू नेताहरूसम्म ल्याउने र नेताहरूसँगका कुरा गाउँमा लैजाने पद्धतिको विकास गर्छ र हाम्रा आपसमा भएका कुरा केही थिए भने खुलेर पार्टीभित्र राख्ने परम्पराको विकास गर्छ । यो पद्धतिलाई निरन्तरता दिन सक्दा पार्टीलाई अझ उर्जा पैदा हुने विश्वास हामीले लिएका छौँ । त्यसको परिणाम हामीले प्रत्येक दुई महिनामा अब केन्द्रीय कार्यसमितिको बैठक गर्ने काम गरेका छौँ । यो स्वागत योग्य छ । त्यसका लागि कार्यसमितिको सभापतिदेखि सम्पूर्णले ल्याएको यो प्रतिवेदनलाई हार्दिक बधाइसहित स्वीकार गर्न चाहन्छु ।

(नेपाली कांग्रेसको २०८० साउन ३ गते सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राखिएको धारणा)

Published : Wednesday, 2023 July 19, 3:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया