कांग्रेसको सदस्यता नवीकरण र नयाँ सदस्यता अनलाइनबाटै पाइने

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट नयाँ सदस्यता वितरण गर्ने भएको छ ।

महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । थापाले सदस्यता नवीकरण र नयाँ सदस्य अनलाइनबाट गर्न सकिने बताएका छन् ।

महामन्त्री थापाले असार १ बाट कांग्रेसको अनलाइन सदस्यता भर्न सकिने बताएका छन् ।

उनले पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने बताएका छन् ।

कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताएका छन् । पार्टीका लागि संगठनको भूमिका २० प्रतिशत र नेताको छवि ८० प्रतिशत भूमिकाले काम गर्ने थापाले बताएका छन् ।

Published : Friday, 2023 June 9, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया