प्रेममा पागल बने रुपन्देहीका मोहन, कपिलवस्तु पुगेर बमबहादुर र अञ्जनीको हत्या

काठमाडौं । प्रहरीले कपिलवस्तुबाट छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा २२ वर्षीय मोहन थारुलाई पक्राउ गरेको छ ।
मोहनले बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जनी थारुको हत्या गरेको विज्ञप्तिमा उल्लेख छ ।
रुपन्देहीको कंचन गाउँपालिका–२ बगही बस्ने मोहनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अञ्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा प्रेम सम्बन्ध र विवाह गर्न अस्वीकार गर्दा घटना भएको जनाएको छ । ‘अञ्जनी थारु र मोहन थारुबीच प्रेम सम्बन्धमा रहेको र अञ्जनी थारुले विवाह प्रस्ताव अस्वीकार गरेकोले चक्कु प्रहार गरेको भन्ने बुझिएको र निज चक्कु प्रहार गर्ने मोहन थारुलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया