पर्यटन बोर्डले दियो ८१ जनालाई ट्रेकिङ गाईडको तालिम

काठमाडौं । पर्यटन बोर्ड /एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुन:उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान

(एनएमए)संगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
तालिममा सात प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहाँस, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालिम आयोजना गरिएको र तालिम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले बताएका छन् ।

तालिमले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत डा.रेग्मीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताएका छन् ।

देशभरिबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागी हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तर्वार्ताको माध्यमबाट सहभागी छनोट गरि तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुन:उत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जीविकोपार्जनविज्ञ धर्म दवाडीले बताएका छन् ।

तालिममा नेपाल पर्वतारोहण पथ प्रदर्शक संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

काठमाडौंमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)का कार्यकारी निर्देशक अर्जुन राईसहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालिम दिएका थिए ।

तालिमको सैद्धान्तिक कक्षा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)मा तथा व्यवहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको प्रतिष्ठान (एनएमए) सूचना अधिकारी हिमाल पण्डितले बताए ।

सहभागीहरूले समेत तालिम व्यबहारिक भएको र यसले आफूहरूमा कमप्रतिको आत्मविश्वास बढाएको बताएका छन् ।

Published : Thursday, 2023 May 25, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया