लुम्बिनीका मुख्यमन्त्री पनि फेक समाचारको निशानामा परे

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफूविरुद्ध नक्कली भुनानी शरणार्थी प्रकरणमा नाम जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मुख्यमन्त्री चौधरीका प्रेस संयोजकले शुक्रबार खण्डन प्रकाशित गरेर समाचारहरूको खण्डन गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा चौधरीले आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन् ।

उनले समाचार लेख्दा सत्य, तथ्यमा आधारित भएर लेख्न अनुरोध गरेका छन् । उनले आम नागरिकलाई भ्रमित पार्ने उदेश्यले फेक समाचार तयार गरि चरित्र हत्या गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘समाचारमा भनिएको विषयलाई प्रमाणित गर्न समेत चुनौति दिन्छु । थुनामा रहेका व्यक्तिको हवाला दिँदै निर्दोष व्यक्तिलाई गलत बनाएर स्टन्टबाजी नगर्न आग्रह छ ।’

केही अनलाइनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडेर समाचार सम्प्रेषण गरेपछि मुख्यमन्त्री चौधरीले चिन्ता जनाउँदै ती सञ्चारमाध्यमसँग गलत समाचार नलेख्न अनुरोध गरेका छन् ।

सञ्चारमाध्यमहरूमा मन नपरेका नेता र व्यक्तिलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर समाचार लेखाउने धन्दा नै चलेको छ । फेक समाचारबाट सबैभन्दा धेरै कांग्रेसका नेताहरू पीडित बनेका छन् ।

Published : Friday, 2023 May 12, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया