नेपाल एसीसी प्रिमियर क्रिकेटको फाइनल प्रवेश

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।
शनिबार त्रिवि क्रिकेट मैदान काठमाडौंमा नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको हो । सोही आधारमा नेपाल सोझै फाइनलमा पुगेको छ ।
यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको छ । यूएई २ रनले विजयी भएको छ ।
नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकिएको थियो । कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएको हो ।
नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको छ ।
यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गरेको छ । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया