ऋषि धमलाकी पत्नी एलिजाको जन्मदिनकाे महँगो पार्टी

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी अभिनेत्री एलिजा गौतमले जन्मदिन निकै महँगो होटेलमा भव्य रुपमा मनाएकी छिन् ।

काठमाडौंको नागपोखरीस्थित मेरियट होटेलमा तामझामका साथ शनिबार जन्मदिन मनाएकी हुन् । मेरियट होटेल पाँच तारे हो ।

उनको जन्मदिन मनाउन पति धमलाका साथै अभिनेत्री करिश्मा मानन्धरसहितका आफन्तहरू पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टीकी नेतृ समेत रहेकी एलिजाले आफ्नो जन्मदिन मनाउन करीव ५ लाख रुपियाँ खर्च गरेको चर्चा थियो । जन्मदिनको कार्यक्रममा धमलाले पत्नी एलिजालाई महँगो औठी पनि लगाइदिएका छन् ।

शर्मिला वाइवासँगको काण्डपछि तनावमा रहेका धमला र एलिजाले पाँचतारे होटेलमा महँगो पार्टी दिएर सबैलाई चकित तुल्याइदिएका छन् ।

एलिजाले जन्मदिन मनाउन गरेको पार्टीको खर्चलाई लिएर विभिन्न चर्चा भएका छन् ।

Published : Monday, 2023 March 27, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया