ऐश्वर्याको घरबाट करोडौंको चोरी

मुम्बई । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट करीव ३ करोडको चोरी भएको छ ।

स्थानीय प्रहरीका अनुसार ऐश्वर्याको चेन्नईस्थित घरको लकरबाट ६० तोला गहना चोरी भएको छ । चोरी भएको गहनाको मूल्य अन्दाजी ३ करोड ६० लाख भारू रहेको छ । ऐश्वर्या फिल्म निर्देशक हुन् ।

ऐश्वर्याले घरमा चोरी भएपछि टेनामपेट पुलिस थानामा उजुरी दिएकी छिन् । ऐश्वर्याका अनुसार सन् २०१९ पछि लकर तीन ठाउँमा सारिएको थियो ।

सन् २०२१ अगस्टमा घरको अन्य सामानसहित उनको पूर्वपति धनुषको फ्ल्याटमा लकर सारिएको थियो ।

सेप्टेम्बरमा चेन्नईको अपार्टमेन्टमा सारिएको थियो । सन् २०२२ मा ऐश्वर्याको पोज गार्डनस्थित घरमा सारिएको थियो ।

ऐश्वर्याले फेब्रुअरी १० मा लकर खोलेर हेर्दा गहना नभएको बताएकी छिन् । गहना १८ वर्ष पुरानो थियो ।

चोरी भएका गहनामा हीराको सेट, पुरानो सुनको गहना, नवरत्न सेट र चुरा रहेका छन् । ऐश्वर्याले आफ्नो उजुरीमा घरको कामदार ईश्वरी, लक्ष्मी र ड्राइभर वेन्कटमाथि शंका भएको उल्लेख गरेकी छिन् ।

ऐश्वर्या फिल्म ‘लाल सलाम’ निर्देशनको तयारीमा छिन् । फिल्ममा उनका बुबा रजनीकान्तको केमियो भूमिका रहनेछ । एजेन्सी

Published : Monday, 2023 March 20, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया