एमाले निकट अभिनेत्री रेजिनाद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । एमाले निकट मानिने अभिनेत्री रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

उप्रेतीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

स्रोतका अनुसार अभिनेत्री उप्रेतीले बालकोटबाट एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको आशीर्वाद लिएर संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको चर्चा छ ।

उप्रेतीले आफ्नो प्यानलबाट कार्यसमितिमा उम्मेदवारी दिनेको नाम सार्वजनिक गरेकी छिन् । उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल ‘बैरागी’ र सरिता गिरी छन् ।

महासचिव उम्मेदवारमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई छन् ।

सदस्यहरूको उम्मेदवारमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल छन् ।

उप्रेतीको उम्मेदवारी घोषणा कार्यक्रममा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गी लगायतको उपस्थित रहेको थियो ।

विगतमा फिल्म निर्देशक नरेश पौडेलले आफूलाई नेपाली कांग्रेसको बताउने गरेका थिए । तर, एमाले निकटकी अभिनेत्री उप्रेतीलाई जिताउन कम्मर कसेर लागेका छन् । निर्देशक नारायण पुरी, अभिनेता राजेन्द्र खड्गी र रमेश उप्रेतीलाई राजावादीको आरोप लाग्दै आएको छ । नारायण पुरीले अबसर लिनका लागि कांग्रेस निकटका नेताहरूसँग निकटता बढाउने गरेका छन् । निर्देशक शाेभित बस्नेत कांग्रेस हाेइनन् ।

Published : Wednesday, 2023 March 15, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया