निग्रानी गर्दा गजुरीको जंगलमा साढे ८ लाखको चरेस, वीरबहादुर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध व्यूरा, कोटेश्वरले ३४ किलो ५ सय ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ ।

व्यूरोले लागुऔषध चरेशको खरिदबिकी कारोवार गर्न लागेको भन्ने बिशेष सूचनाको आधारमा धादिङको गजुरी गाउँपालिका– ८ सानो बाङ्गे घर भएका ३२ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको व्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले बताए ।

सूचना पाउनेवित्तिकै व्यूरोबाट खटिएको प्रहरी टोलीले निरन्तर निग्रानी गरेर बुधबार बिहान ३ बजे तामाङलाई पक्राउ गरिएको प्रवक्ता योगेन्द्रकरमा खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तामाङलाई धादिङको गल्छी गाउँपालिका– ७ स्थित एक होटलबाट लागुऔषध चरेश बिक्री गर्न डिल गर्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

अनुसन्धानको क्रममा तामाङले चरेस बिक्रीको लागि गजुरीको जंगलमा लुकाई राखेको अवस्थामा ३४ किलो ५ सय ग्राम बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण–ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाहीको लागि तामाङलाई ईलाका प्रहरी कार्यालय, गजुरी धादिङमा बुझाइएको छ ।

तामाङको साथबाट बरामद भएको लागुऔषधको अवैध बजार मूल्य प्रतिकिलो २५ हजारका दरले अन्दाजी रू. ८, लाख ६२ हजार ५ सय रहेको एसएसपी खनालले बताएका छन् ।

Published : Wednesday, 2023 January 25, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया