बाजुरामा भूकम्प, घर भत्कियो

काठमाडौं । बाजुरा जिल्लालाई केन्द्र बनाएर भूकम्प गएको छ ।

सोमबार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पले केही घर भत्किनुका साथै घरहरू चर्किएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन । भूकम्पले आसपासका जिल्लामा पनि हल्लाएको थियो ।

Published : Tuesday, 2023 January 24, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया