विश्वकपमा शक्तिशाली टिमलाई हराउँदै कोरियाले एसियाको नाम राख्यो

काठमाडौं । दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गरेर पावलफुल टिम पोर्चुगललाई स्तब्ध तुल्याइदिएको छ ।
दक्षिण कोरिया शुक्रबार कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगललाई तनाब भएको छ ।
पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गरेको छ । कोरियासँग उरुग्वेको अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बनेको छ ।
पराजित भएपनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरियाविरुद्ध आराम दिएको थियो ।
बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । कोरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बनेको छ ।
रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई पाँचौ मिनेटमै अग्रता दिलाएका थिए ।
२७औं मिनेटमा कोरियाका लागि किम योङ ग्वनले बराबरी गोल फर्काए ।
दुवै टोलीले गोल थप्ने प्रयासमा लागे । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्ने दुई राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।
वैकल्पिक खेलाडीको रुपमा ह्वाङ हि चानले इनले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि कोरियाले शनसनी जित निकालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया