राप्ती गाउँपालिका खेलकुदको दुबै उपाधि मौरीघाटद्वारा कब्जा

मसुरिया । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप दुबैतर्फको विजेता श्री माध्यामिक विद्यालय मौरीघाटले शिल्ड र ट्रफी हातमा परेको छ ।

फुटबल छात्रतर्फ फाईनल खेलमा आदर्श माध्यामिक विद्यालयलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै श्री माध्यामिक विद्यालय मौरीघाटले प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको हो ।

श्री माध्यामिक विद्यालय मौरीघाटले कबड्डीमा छात्र र छात्रा दुबैमा प्रथम पुरस्कार जित्न सफल भएको छ । सबैभन्दा धेरै अंक ल्याएर श्री माध्यामिक विद्यालय मौरीघाटले प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको छ ।

विजेता विद्यालय र खेलाडीहरूलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ । राप्ती गाउँपालिकास्तरीय खेलकुदका विजेतालाई प्रदेश ५ का प्रदेश सभा सदस्य ईन्द्रजित थारुले पुरस्कार प्रदान गरेका छन् ।

फुटबलमा छात्रातर्फ सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँले प्रथम स्थान हात पारेको छ ।

मुनलाईट माध्यामिक विद्यालयलाई ४ गोलले पराजित गर्दै सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँले फुटबलमा विजयी हासिल गरेको हो ।

फुटबलको फाईनल खेलमा निर्धारित समयमा एक–एक गोलसहित बरावरी भएको थियो । पेनाल्टीमा मुनलाईट माध्यामिक विद्यालय सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँसँग पराजित भएसँग उपाधि गुमाएको हो ।

छात्रतर्फको भलिबलका फाईनलमा ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवा विजयी भएको छ । शंकर माध्यामिक विद्यालय पिपरीलाई हराउँदै ज्ञानोदय माध्यामिक विद्यालयले छात्रतर्फको भलिवलको उपाधि जितेको छ ।

छात्रको कबड्डीको उपाधि श्री माध्यामिक विद्यालय मौरीघाटले जितेको छ । श्री माध्यामिक विद्यालय मौरीघाटसँग सिरीन भ्याली स्कुल पराजित भएको थियो ।

राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी २१ विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा प्रथम गाउँपालिका अध्यक्ष कपमा कवड्डीतर्फ श्री माध्यामिक विद्यालयले जित हात पारेको छ ।

श्री माध्यामिक विद्यालयले आदर्श माध्यामिक विद्यालयलाई हराउँदै प्रथम भएको छ ।

भलिवलमा छात्रातर्फ ज्ञानोदय माध्यामकि विद्यालयले श्री सर्वोदय माध्यामिक विद्यालयलाई हराउँदै प्रथमस्थान प्राप्त गरेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

नवज्योति आधारभुत विद्यालय, सिरिचौरको खेलकुद मैदानमा गत २७ गतेदेखि शुरु गरिएको प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, एथ्लेटिक्स अन्तर्गत दौड १०० मिटर, ४०० मिटर, १५०० मिटर छात्र छात्रा खेल र प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल खेल समावेश गरिएको थियो ।

एथ्लेटिक्स अन्तर्गत १५०० मिटर दौड छात्रतर्फ सर्वोदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्वितीय, आदर्श नमूना माविका सन्तोष कुमाल तृतीय भएका छन् ।

१५०० मिटर दौड छात्रातर्फ मावि मौरीघाटकी सिसा शाही प्रथम, दीपज्योति बोर्डिङ स्कुलकी मेनुका चौधरी द्वितीय, सर्वोदय माविकी सञ्जु चौधरी तृतीय भएकी छन् ।

४०० मिटर दौड छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरिन भ्यालीका मोहन बस्नेत द्वितीय र सर्वोदय माविका रमेश चौधरी तृतीय भएका छन् ।

४०० मिटर दौड छात्रातर्फ ज्ञानोदय माविकी सुशीला चौधरी प्रथम, मावि मौरीघाटकी चिरञ्जीवी गिरी द्वितीय र सर्वोदय माविकी कुस्मा चौधरी तृतीय भएका छन् ।

अध्यक्ष कप प्रथम गाउँपालिकास्तरीय खेलमा छात्र–छात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १०० मिटर दौडमा छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरीघाटका अशोक घर्ती द्वितीय र दीपज्योति बोर्डिङका निरज चौधरी तृतीय भएका छन् ।

१०० मिटर दौडमा छात्रातर्फ १०० मिटर दौडमा छात्रातर्फ मेनुका चौधरी, दुर्गा भवानी आमाविकी आशा चौधरी द्वितीय र सर्वोदय माविकी सञ्चिता चौधरी तृतीय भएकी छिन् ।

प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगितालाई सभ्य तथ अनुसाशित रुपमा सञ्चालन गर्न फुटवलका एन्फा रेफ्रे देव नारायण दहाल, खुमबहादुर वली, सुरेन्द्र चौधरी, खेल शिक्षक रेफ्री यज्ञ शर्मा, सुवास भुसाल, सुवर्णमान चौधरी, सुनिल चौधरीले खेल खेलाएका थिए ।

कवड्डी खेलमा रेफ्रीको रुपमा राष्ट्रिय कबड्डी रेफ्री भगवती अधिकारी, खेल शिक्षक रेफ्री ठाकुर भुसाल, धनीराम घर्ती, पुरन चौधरी, लक्ष्मी नारायण चौधरी, गोपाल पौडेल खेल खेलाएका थिए ।

भलिवलमा रेफ्रीको रुपमा वडा नम्बर ५ का वडा सदस्य गणेश चौधरी, खेल शिक्षक एवम् रेफ्री विलोचन चौधरी, हंशराज चौधरी, एकदेव चौधरी, विराजन विष्ट, सागर शर्मा, दिनेशबहादुर विष्ट लगायतकाले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Published : Friday, 2019 June 14, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया