नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
काठमाडौं । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।
आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् ।
नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए । उनी पनि आजै भारत फर्केका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत